राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था को १४ औँ साधारणसभा : शेयर पुँजि २ करोड २७ लाख बढी
धनगढी, २५ मंसिर– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको १४ औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ थिए । उनले प्रदेश सरकारले सहकारीहरुलाई उच्च प्राथमिकता दिएर नीति बनाई रहेको बताए ।

उनले सहकारी संस्थाहरुलाई सहकारीका मूल्य मान्यता, सिद्धान्तमा अनुसार अगाडि बढ्नुपर्ने बताए । तीन खम्बे रणनीति अन्र्तगत सहकारी पनि एक खम्बा भएकाले आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको मन्त्री तामाङले उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सहकारी संस्थाले आर्थिक क्षेत्रमा पुगाएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका सदस्य लक्ष्मण खड्काले पनि मन्तव्य व्यक्त गरेका हुन् । उनले सहकारी संस्थाले निम्न आए भएकाहरुलाई बचत गर्ने भानी बसालेको बताए । कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था का सल्लाहकार, भुपेन्द्र थापा, जयदेव जोशी, तारादेवी तामाङ, श्यामराज पाण्डे, सहकारी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष माधवप्रसाद जोशी, सुदूरपश्चिम रजिष्ट्रार कार्यालयका प्रतिनिधि देवराज पन्त, संस्थाकै निवर्तमान अध्यक्ष हरिप्रसाद केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका हुन् ।

शेयर पुँजि २ करोड २७ लाख बढी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजि २ करोड २७ लाख बढी पुगेको छ । संस्थाका सचिव धर्मराज चौधरीका अनुसार २ करोड २७ लाख ४७ हजार ६ सय ७ रुपैयाँ शेयर पुँजि पुगेको हो । संस्थामा बचत एक करोड ३९ लाख १६ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । सचिव चौधरीका अनुसार एक करोड ८६ लाख २० हजार ८ सय ७ रुपैयाँ ऋढा लगानी रहेको छ ।
संस्थाको हाल सम्म एक सय ६२ जना महिला र ३ सय ८४ गरी ५ सय ३६ जना सदस्य संख्या पुगेका छन् । विभिन्न व्यक्तित्वहरु सम्मानित संस्थाको वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । संस्थाको सल्लाहकार रहेकी तारादेवी तामाङ श्रीवृद्धिमा योगदान दिए वाफत सम्मानित भएकी हुन् ।
यस्तै गरी शेयर सदस्यहरु मध्येबाट सबै भन्दा बढी उमेरका एक–एक जना महिला र पुरुष जेष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । जेष्ठ नागरिक शेषकुमार श्रेष्ठ र रेवतीदेवी सापकोटालाई सम्मानित गरेको हो । यस्तै गरी नियमित बचतकर्ता तर्फ बाट पनि एक–एक जना महिला र पुरुष लाई सम्मानित गरेको छ । सम्मानित हुनेमा शैलेन्द्र भट्ट र शैलीश्वरी जोशी हुन् । असल ऋणीतर्फ बाट पनि महिला र पुरुषलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बलबहादुर रावल र नन्दा उपाध्याय रहेका छन् ।
यस्तै शेयर सदस्यका छोरा÷छोरी मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा इश्वरी प्रसाद भुषालकी छोरी ओजस्वी भुषाल र रामचन्द्र जोशीका छोरा प्रतिक जोशी छन् । संस्थाका अध्यक्ष लोकराज पनेरुको अध्यक्षतमा भएको कार्यक्रको सञ्चालन सचिव धर्मराज चौधरीले गरेका हुन् । कार्यक्रममा संस्थाको सम्पूर्ण शेयर सदस्य र पत्रकारहरुको सहभागिता रहेको थियो।
