कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव हुने

अत्तरिया, २४ मंसिर– सुदूरपश्चिम महोत्सव यसवर्ष आयोजना गरिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन् । यसका लागि आयोजक कैलाली उद्योग वाणिज्य संघले तयारी समेत थालेको अध्यक्ष कुँवरले बताए । २०६३ सालदेखि लाग्दै आएको महोत्सव कोभिड–१९ को जोखिमका कारण दुई वर्षदेखि हुन नसकेको महोत्सव यसवर्ष लाग्ने भएकाे हाे ।

Dadeldhura hospital

प्रत्येक बर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्मा आयोजना हुने महोत्सव यसबर्ष पुस वा माघ महिनामा लगाउनको लागि स्थानीय प्रशासन, व्यवसायी र सरोकारवालाहरु संग छलफल भइरहेको अध्यक्ष कुँवरले बताए। त्यस्तै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले महोत्सव लगाउनका लागि अनौपचारिक रुपमा छलफल थालिएको जानकारी दिए। उनले देशका विभिन्न स्थानहरूमा अहिलेपनि महोत्सवहरू चलिरहेको बताउँदै आफूहरुले पनि महोत्सव लगाउने तयारी थालेको बताए ।

Navadurga sun
Godawari sandesh

कोभिड–१९ को तेस्रो भेरिएन्ट समेत देखिएको भन्दै सरकारले मेला, महोत्सव, सभा, सम्मेलन नगर्न आग्रह गरेको भएपनि स्वास्थ्यका मापदण्ड अपनाई महोत्सव लगाउन आवश्यक रहेको यहाँका व्यवसायीहरु बताएका छन । महोत्सवले व्यवसायहरुलाई मात्रै नभई यहाँको कला, साहित्य र संस्कृतिलाई समेत टेवा पुर्‍याउदै आएको थियो ।

Loading...