कैलालीको गोदावरी ५ गेटीमा रहेका मुक्त कमैया शिबिरका ७ जना किसानलाई बाख्रा वितरण

अत्तरिया, २४ मंसिर– कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ ले आर्थिक बर्षको विनियोजित ५० हजार रकमबाट विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले गेटीमा रहेका मुक्त कमैयाहरुका केही किसानहरुलाई बाख्रा वितरण गरेको छ। नगरपालिकाको वडा नं. ५ मा रहेको मुक्त कमैया शिबिरका किसानलाई शुक्रबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो ।

उक्त मुक्त कमैया शिबिरका रहेका ७ जना किसानलाई बाख्रा वितरण गरिएको याक नेपालका फिल्ड कोडनेटर पार्वती भट्टले जानकारी दिइन । बाख्रा वितरण कार्यक्रमै बोल्दै वडा नं. ५ का वाडध्यक्ष कर्णसिह बोहराले वडा कार्यालयको अनुदानमा दिइएको बाख्राबाट मुक्त कमैया शिबिरका किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Navadurga sun

बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी आफ्नाे जीवनस्तरमा केही मात्रामा भएपनि सुधार ल्याउन सकिने बताए । अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुने छ भन्ने विश्वास आफुले लिएको अध्यक्ष बाेहराले बताए ।

आगामी दिनमा पनि यस क्षेत्रका लागि के गर्न सकिन्छ, त्यसमा वडा कार्यालय र अन्य सरसंस्थाहरुसँग सहकार्य गरेर तपाईहरु आयआर्जनमा सहयोग पुग्ने खालका कार्यक्रमहरु ल्याउने समेत वडाध्यक्ष बोहराले बताए ।त्यसका साथै व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय अघि बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको र यसका लागि पनि वडा वा नगरपालिकासँग सहकार्य गरेर व्यवस्था गर्ने समेत उनले बताए।

मुक्त कमैया शिबिरकी अध्यक्ष ममता देवी डगौराले आफ्नो समूहका विपन्न किसानलाई वडा कार्यालयले रकम विनियोजन गरेर बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गर्दै नमूना कृषक समूह बनाउने उद्देश्यमा आफूहरु लाग्ने बताएकी छिन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...