महिला हिंसा विरुद्धको १६ दिने अभियान समापन

धनगढी, २४ मंसिर– सुदूरपश्चिममा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार समापन गरिएको छ। ७३औँ मानवअधिकार दिवस मनाउँदै लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान पनि समापन गरिएको हो। १६ दिने अभियानको अन्तिम दिन आज धनगढीमा विहान प्रभातफेरी गरिएको थियो। प्रभातफेरीपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो।

समापन कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिममा सहकार्य संस्कृतिको विकास भइरहेको बताइन्। ‘सहकार्य संस्कृतिले समाजले अस्वीकार गरेका गतिविधिलाई निरुत्साहीत गर्छ,’ उनले भनिन्, ‘यस्ता जनचेतनामुलक कार्यक्रमले समाजमा धेरै टेवा पुगाउने गरेको छ।’

Navadurga sun

सुदूरपश्चिममा हुने मानवअधिकार उल्लंघनका घटना तथा महिला हिँसाका घटनाहरु न्युनिकरण गर्न सबै नागरिक, अधिकारकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतले हातेमालो गर्नु पर्ने उनले बताइन्। उक्त कार्यक्रममा महिला अधिकारकर्मी, सुरक्षकर्मी लगायतको उपस्थिती थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...