माओवादी केन्द्र सुदूरपश्चिमको सम्मेलन भोलिदेखि, तयारी पूरा

धनगढी, २४ मंसिर– नेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी पूरा भएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो ।

Dadeldhura hospital

मंसिर २५ र २६ गते हुने प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको माओवादी केन्द्र सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले जानकारी दिए । प्रदेश सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

अबको सम्मेलनले प्रदेशको नीतिगत तथा भौतिक विकासमा समेत भूमिका खेल्ने प्रदेश इञ्चार्ज भट्टको भनाई छ । सुदूरपश्चिममा माओवादी केन्द्रका ११ सय बढी प्रतिनिधि छन् । सम्मेलनमार्फत नयाँ प्रदेश कमिटी चयन हुनेछ ।

Loading...