कैलालीमा भरुवा बन्दुक र गोलीसहित ३ जना पक्राउ

धनगढी, २४ मंसिर- कैलालीमा प्रहरीले भरुवा बन्दुक र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार जिल्लाको भजनी नगरपालिका–७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाइ पक्राउ गरेको हो।

टोलीले पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको चालक घोडाघोडी नगरपालिका३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से.३ प ७७९२ मोटरसाईकल पछाडी एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको जनाएको छ।

Navadurga sun

यस्तै सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से.२ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर एक थान चक्कु, बन्चरो र टर्चलाईट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

उनीहरुलाइ पक्राउ गरेर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...