खुलेआम नेपाल घुम्छन् भारतीय प्रहरी, २ जना नियन्त्रणमा

अत्तरिया, २४ मंसिर– विनाइजाजत भारतीय प्रहरी नेपालमा घुम्ने गरेको पाइएको छ । आन्तरिक सुरक्षा संवेदनशीलतासँग जोडिए पनि विना इजाजत नेपाल प्रवेश गर्ने भारतीय प्रहरीबारे नेपाल प्रहरीले भने सामान्य रुपमा लिएको छ । बिहीवार साँझ नेपालका दुई सुरक्षा निकायको चेकपोष्टलाई छल्दै दुई भारतीय प्रहरी सवार गाडी कैलालीको खक्रौला नाका हुँदै नेपाल प्रवेश गरेको थियो ।

Dadeldhura hospital

खक्रौला भन्सार कार्यालयको बेरियरमा प्रहरीको चेकपोष्ट छ । त्योभन्दा अगाडि बीओपी खक्रौलाको चेकपोष्ट र प्रहरी चौकी कालाकुण्डाको चेकपोष्ट छ । ती तीनवटै चेकपोष्टमा इन्ट्री नगरी उनीहरू गाडीसहित भन्सार कार्यालयसमेत पार गरेका हुन् । तर, ती चेकपोष्टले पोशाकसहित भारतीय प्रहरी प्रवेश गरेको चालै पाएन वा नजरअन्दाज गर्‍यो ।

Navadurga sun
Godawari sandesh

कुनै पनि भारतीय नागरिक गाडीसहित नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा इन्ट्री गरेर तोकिएको दस्तुर बुझाएपछि मात्र नेपाल प्रवेश गर्ने प्रावधान छ । तर, उनीहरू भने विना भन्सार र विना इन्ट्री नेपाल प्रवेश गरेका हुन् । यो घटना भने भारतीय प्रहरी चढेको गाडीले एक नेपालीलाई ठक्कर दिएपछि मात्रै बाहिरिएको हो । एचआर ३१पी ८७७९ नम्बरको टोयोटा गाडीले ठक्कर दिँदा एक नेपाली घाइते भएका छन्।

Loading...