कैलालीको प्रतापपुरमा प्रहरी चौकी स्थापना





धनगढी, २२ मंसिर- कैलालीको लम्की चुहा वडा नं. ९ प्रतापपुरमा प्रहरी चौकी स्थापना गरिएको छ । तालुक नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ कार्तिक ७ गतेको मन्त्री परिषदको निणर्य अनुसार नयाँ निकासा भई स्थापना हुन बाँकी प्रहरी चौकी प्रतापपुरमा बुधबारबाट सुरु गरिएको हो ।


लम्कीचुहा नगरपालिकाका कार्यपालिका सदस्य नयाराम टमट्टाको अध्यक्षतामा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बुद्दिजीवीहरु, सामजसेवीहरु लगायत ईलाका प्रहरी कार्यालय लम्कीका कार्यालय प्रमुख प्रहरी निरीक्षक भरत बहादुर शाह र सशस्त्र प्रहरी बल प्रतापपुर, कैलालीका सहायक प्रहरी निरीक्षक जय बहादुर महता सहितको उपस्थितीमा प्रहरी चौकी प्रतापपुरको बिधिवत रुपमा उद्घाटन गरी कार्य संचालन गतिएको हो । उक्त स्थापना प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकले कमाण्ड गर्ने भएका छन् ।



