अत्तरियाका अटोरिक्सा चालकहरुद्वारा नगरपालिका घेराउ, समस्या समाधान गर्न नगरपालिका सकारात्मक





अत्तरिया, २२ मंसिर- कैलालीको अत्तरियामा रहेका अटो रिक्सा चालकहरुले गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । बजार क्षेत्रमा संचालित बिधुतिय र पेट्रोलवाला अटो रिक्सा चालकहरुले बुधबार गोदावरी नगरपालिकको कार्यालय घेराउ गरेका थिए ।


अत्तरियामा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले मंगलबार एक्कासी रोकेर लाईसेन्स माग्दै अटोरिक्साहरु नियन्यत्रणमा लिएर जरिवाना गराएको भन्दै आन्दोलनमा उत्रिएका अटोरिक्सा चालकहरुले बुधबार आ-आफ्नो अटोहरु लगेर न्याय माग्दै नगरपालिका कार्यालय घेराउ गरेको अटोरिक्सा चालकहरुको नेतृत्व गरेका चालक धर्मराज जोशीले बताए ।


उनले आफ्नो दैनिक गुजरा चलाउन स्वदेशमै रोजगार बनिरहेकाको पेशालाई नै धरापमा पार्ने गरि ट्राफिक प्रहरीले दुख दिन थालेपछि आफूहरु न्यायको माग गर्दै नगरपालिकामा पुगेको बताएका छन् । बिधुतिय ई रिक्साकी चालक सरस्वती ठकुल्लाले ट्राफिक प्रहरीले मंगलबार आफुहरुलाई एक्कासी नियन्त्रणमा लिएर ५ सय रुपैया जरिवाना असुलेको गुनासो गरिन् । उनले अहिले आफुहरु लाईसेन्स बनाउने प्रकृयामा रहेका बताएपनि ट्राफिक प्रहरीले अनआवश्यक दुख दिएको बताइन् ।

त्यस्तै अर्का अटो रिक्सा चालक हेम बहादुर शाहीले आफुहरु पनि ट्रफिक नियम पालना गर्न र कति जना यात्रुहरु राख्ने कसरी चलाउने भन्ने बिषयमा आफुहरु पनि गम्भिर रहेको बताएका छन् । तर स्थानिय सरकारका रुपमा रहेको नगरपालिकाले यसलाई ब्यबस्थित गराउनमा पहल गर्नुपर्ने माग गरे । उनले मंगलबार ट्राफिक प्रहरीले आफ्ना सबैका अटोहरु नियन्त्रणमा लिई प्रहरी कार्यालय भित्र लगेर ट्राफिक नियमका कक्षाहरु दिएर छोड्ने बताएपनि जरिवाना लिएर मात्रै छोडेको बताए ।
आन्दोलनमा उत्रिएदै नगरपालिका घेराउ गरेका अटोरिक्सा चालकहरुले अत्तरिया क्षेत्रमा संचालित सम्पूणर् अटो रिक्साहरुको दर्ता प्रकृयाको ब्यबस्था गर्नुपर्ने, पाकिङको निकै समस्या रहेकाले पाकिङको ब्यबस्था गर्नुपर्ने, रुट प्रमिट र दर रेट पनि कायम गरिदिनुपर्ने लगायतका मागहरु राखेका थिए । आन्दोलित अटो रिक्सा चालकहरुको नेतृत्व गरिरहेकालाई गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, नगर प्रबक्ता शर्मानन्द भट्ट लगायत नगरपालिकाका कर्मचारीहरुले अटो रिक्सा चालकहरुका माग प्रति आफुहरु गम्भिर रहेको बताएका थिए ।
३ बर्ष पहिले नै अत्तरिया क्षेत्रमा संचालितहरुको यातायत ब्यबस्था कार्यालय धनगढीवाट विवरण निकालेर दर्ता प्रकृयामा गएको भएपनि मेकानिकल ओभरसियरको अभावका कारण त्यो प्रकृया प्रभकारी हुन नसकेको गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले जानकारी दिए । अटो दर्ता प्रकृयामा प्रदेश सरकार मातहतमा रहने ब्यबस्था भएकाले यसका लागि नगरपालिकाले सहजिकरण गर्न तयार रहेको प्रवक्ता भट्टले बताए ।
उनले अटो रिक्साहरुको दर्ता प्रकृया र पाकिङको ब्यबस्था गर्नका लागि नगरपालिकाले तत्पर रहेको बताए । उनले दर रेट र रुट प्रमिटका बिषयमा सबै अटो चालकहरु आपसमा सल्लाह गरेर त्यही अनुसारको खाका तयार गरि नगरपालिकामा दिन अटो चालकहरुलाई भनेका छन् । अटो रिक्साहरुको दर्ता प्रकृयाका लागि सबैको विवरण संकलन गरेर केही दिनभित्रै एक सुचना निकालेर काम अगाडी बढाउनेमा सबैलाई ढुक्क रहन आग्रह गरेका छन् । अटो रिक्सा चालकहरुका समस्या समाधान गर्नमा नगरपालिका तयार रहेकोमा खुसी ब्यक्त गर्दै अझै पनि आफ्ना मागहरु सम्बोधन नभए चरमबद्ध आन्दोलनमा उत्रिने अटो चालकहरुले चेतावनी समेत दिएका छन् । ३ बर्ष पहिले गोदावरी नगरपालिका भित्र ३१५ ओटा अटो दर्ता प्रकृयामा रहेको भएपनि अहिले के कति मात्रामा संचालिन छन् त्यसको विवरण कसैसंग पनि रहको छैन ।



