कञ्चनपुरमा भान्सा र गोठमा आगलागी हुँदा १० लाखको क्षति

कञ्चनपुर, २२ मंसिर– कञ्चनपुरमा २ जनाकाे भान्साकोठा र गोठमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ। कृष्णपुर नगरपालिका वडा नं. ६ मेलडाँडा बस्ने खगेन्द्र खड्का र तेज बहादुर खड्काको सँगै जोडिएको भान्साकोठा र गाई गोठमा खाना पकाउने चुलोबाट आगो सल्किदा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रहरीका अनुसार मंगलबार राति आगलागी हुँदा दुवै जनाको गोठ तथा भान्सा घरभित्र रहेको भाडावर्तन, काठपात, अन्नपात, लत्ताकपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएका थियो।

Navadurga sun

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ। त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...