धगगढीमा निर्माणाधिन होल्डिङ सेन्टरको भौतिक प्रगति ६० प्रतिशत

धनगढी, २२ मंसिर– गत साउनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको धनगढीमा निर्माण भइरहेको होल्डिङ सेन्टर क्षेत्रमा पुगेर निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

निर्माणस्थलमा पुगेर उनले भनेका थिए, ‘होल्डिङ सेन्टर समयमा सम्पन्न गर्नुपर्ने छ । त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुहोस् ।’ भारतसँग जोडिने सुदूरपश्चिमकै प्रमुख नाका धनगढीस्थित गौरीफन्टा नजिक बडहरा जंगलको बीचमा संघीय सरकारको २८ करोड ८१ लाखको लागतमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गरिरहेको हो । असार पहिलो साताबाट निर्माण सुरु भएको थियो । निर्माण कम्पनीले भदौभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि अहिलेसम्म होल्डिङ सेन्टर निर्माण कार्य सकिएको छैन ।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोनासंक्रमण कम भइरहेको समयमा निर्माण सुरु भएको होल्डिङ सेन्टर फेरि नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा प्रवेश गरिसकेको छ । भारतको नयाँदिल्ली देखिएकाले सुदूरपश्चिममा पनि ओमिक्रोन भित्रिने जोखिम छ । होल्डिङ सेन्टर निर्माण भने अहिलेसम्म हुन सकेको छैन ।सुदूरपश्चिममा पहिलो र दोस्रो भेरिएन्टको कोरोना महामारी फैलिएको बेला विद्यालय नै होल्डिङ सेन्टर बनाउनु परेको थियो । त्यसले गर्दा कोरोना संक्रमण फैलिएको भन्दै संघीय सरकारको लगानीमा कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माण भइरहेका हुन् ।

धनगढीमा करिब डेढ बिघा क्षेत्रफलमा ५९ वटा ब्लकहरू निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएपछि २० वटा ब्लक क्वारेन्टाइनका लागि प्रयोग हुनेछन् । एउटा ब्लकमा ५० शय्या स्थापना गरिने छ । १५ ब्लक भान्छाका लागि प्रयोग गरिने र २२ वटा ब्लकमा शौचालय निर्माण गरिने जनाइएको छ । भवन प्रिफ्याबको निर्माण भइरहेका छन् । प्रिफ्याबको भवन कम्तीमा २५ वर्षसम्म टिकाउ हुने इञ्जिनियरहरू बताउँछन्।

निर्माण कम्पनीका इञ्जिनियर बिक्रम गैरेका अनुसार होल्डिङ सेन्टरभित्र हरेक शय्यामा अक्सिजन आपूर्ति गर्ने उपकरण जडान गरिने छ । भदौ र कार्तिक पहिलो साता आएको पानीले गर्दा काम रोकिन जाँदाले निर्माण कार्यमा केही ढिलाइ भएको इञ्जिनियर गैरेले जानकारी दिए ।
त्यस्तै पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको इञ्जिनियर गैरेले बताए । ‘अहिलेसम्म जम्मा निर्माणको ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । अहिले दैनिक दुई सयजना कामदार लागि रहेको हुँदा पुस मसान्तसम्म हाम्रोतर्फबाट काम सम्पन्न हुन्छ,’ उनले भने।

Dadeldhura hospital

१० वटा किचन, ६ वटा क्वारेन्टाइन ब्लक, एक प्रशासनिक भवन र शौचालय निर्माण भएको उनले बताए । ‘जम्मा संरचनाहरू सबै निर्माण सम्पन्न भइसकेका छन्’, इञ्जिनियर गैरेले भने, ‘अब फिनिसिङ गर्न मात्र बाँकी रहेको छ ।’
नदीको छेउमा हुँदा काम गर्न कठिन भएको बताउँदै गैरेले छठपछि मात्र निर्माणले गति लिएको बताए । यति हुँदाहुँदै पनि मंसिरभित्र पाँच वटा भवन पूणर्रूपमा तयार गर्ने गरी अगाडि बढेको उनले बताए ।

‘बिरामी राख्नेसम्म भवन बनाए पनि बाटो छैन, बाटो निर्माण प्रक्रिया अगाडि नबढेको हुँदा सञ्चालनमा ल्याउन समस्या हुन्छ,’ उनले भने, ‘बाटो निर्माण गर्ने प्रक्रिया हाम्रो होइन, स्थानीय सरकारको हो । बाटोका लागि स्थानीय सरकारले तिहारलगत्तै सर्वे गरेको भएपनि काम भने सुरु भएको छैन ।’

इञ्जिनियर गैरेले होल्डिङ सेन्टरको दिगोपनको लागि तटबन्ध पनि त्यत्तिकै आवश्यक भएको हुँदा त्यसको प्रक्रिया पनि अगाडि बढाउन आवश्यक भएको सुझाए । विद्युत, खानेपानी, बाटो र तटबन्धका लागि धनगढी उपमहानगरलाई सिफारिस गरिसकेको तीन नम्बरका वडाध्यक्ष बलबहादुर ऐरले बताए । ‘तत्कालका लागि खानेपानी र विद्युत आवश्यक हो । वडाबाट उपमहानगरमा सिफारिस गएको भएपनि टेण्डर भने हुन सकेको छैन,’ वडाध्यक्ष ऐरले भने ।

उनले होल्डिङ सेन्टरको दिगोपनका लागि स्थानीय र प्रदेश सरकारले तटबन्धमा विशेष जोड दिनुपर्ने पनि बताए । ‘होल्डिङ सेन्टर मोहना नदीको छेउमै निर्माण भइरहेको छ, नदी कटानको समस्या छ । त्यसका लागि छिटोभन्दा छिटो टेण्डर हुन आवश्यक छ ।’

कोरोना संक्रमण फैलिएमा भारतबाट आएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँचपछि मात्र घर पठाउने व्यवस्था गर्ने प्रदेश सरकारको योजना छ । तर, अहिलेसम्म होल्डिङ सेन्टर भने सञ्चालनमा आउन सकेको छैन । सेनाले गत ३ असारमा हनुमान कन्स्ट्रक्सनसँग निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

संघीय सरकारको बजेटबाट निर्माण भइरहेको होल्डिङ सेन्टरमा प्रदेश सरकार र स्थानीय तहबीच पनि सहकार्य छ । एक हजार बेडको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ हुँदा फेरि नयाँ देखिएको भेरियन्टमा नियन्त्रणमा चुनौती थपिने सम्भावना छ ।

कञ्चनपुरको प्रहरीका अनुसार केही दिनयता भारतबाट दैनिक पाँच सय नेपाल स्वदेश फर्किरहेका छन् । सिमानामा घर फर्किरहेका नेपालीको मात्र टिप्ने काम सुरु भइसकेको प्रहरीले जनाएको छ ।

Loading...