कैलालीको लम्कीचुहामा ट्रकमा आगजनी गर्ने एक जना पक्राउ

धनगढी, २१ मंसिर– कैलालीको लम्कीचुहामा ट्रकमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं. १ का मानबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura hospital

यही मंसिर ९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नं. २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

Navadurga sun
Godawari sandesh

थापाको मृत्यु भएपछि आन्दोलित केही स्थानीयले सोही ट्रकमा आगजनी गरेका थिए । सोही मध्ये मुख्य २ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । एक जना पक्राउ परिसकेको र अर्कोको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

Loading...