अत्तरिया जेसीजको “जेसीज सप्ताह” अन्तर्गत दोस्रो दिन व्यत्तित्वकला प्रतियोगीता सम्पन्न

अत्तरिया, २१ मंसिर– अत्तरिया जेसीज २०२१ को “जेसीज सप्ताह संयुत्त कार्यक्रम ”अन्तर्गत आज दोस्रोदिन व्यत्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ । “जेसीज सप्ताह संयुत्त कार्यक्रम” को कार्यतालीका अनुसार दोस्रो दिन व्यत्तित्वकला रहेको थियो । व्यत्तित्वकला कार्यक्रम अत्तरियामै रहेको दुर्गालक्ष्मी नमुना मा वि मा राखीएको थियो ।

१६ जना प्रतियोगी सहभागी रहेको व्यत्तित्वकला कार्यक्रममा भुपेसा जोशी र हरि प्रसाद जोशीे “जज” रहेका थिए । प्रतिस्पर्धामा गणेशनाथ योगीले प्रथम स्थान हाँसिल गरेका छन् भने आकृति नौन्याल दोस्रो तथा ज्योती देउवाले तेस्रो स्थान प्राप्त गरेका छन् । प्रथम, द्धितिय र तृतिय हुनेलाई “जेसीज सप्ताह” को समापन कार्यक्रममा नगद सहित प्रमाणपत्र वितरण गरिने “जेसीज सप्ताह संयुत्त कार्यक्रम” का मुल संयोजक मान ऐरले जानकारी दिए ।

Navadurga sun

अत्तरिया जेसी ज वर्ष २०२१ का अध्यक्ष पदम राज ओझाको सभापतित्वमा आयोजित कार्यक्रममा जुनीयर जेसीजका देवराज ओझाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन अत्तरिया जेसीज वर्ष २०२१ की महासचिव प्रेरणा पाण्डेले गरेकी थिईन् । अत्तरिया जेसिज वर्ष २०२१ र अत्तरिया जुनियर जेसिजको संयुक्त आयोजनामा सोमबार उद्घाटन एवम् अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगीता, सरसफाई, मैत्रीपुर्ण फुटबल प्रतियोगीता, वृक्षारोपण र स्वास्थ्य शिविर रहेको मुल संयोजक ऐरले जानकारी दिए । जेसीज सप्ताहको तेस्रोदिन भोली (बुधबार) सरसफाई कार्यक्रम रहेको संयोजक ऐरले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...