कैलालीको गौरीफन्टा नाकाबाट ४ महिनामा १२० युवतीहरुको उद्धार





अत्तरिया, २१ मंसिर- भारतसंग सिमा जोडिएको कैलालीको गौरीफन्टा नाकाबाट ४ महिनामा १ सय २० जना युवतीहरुको उद्धार गरिएको छ । शान्ति पुन:स्थापना गृहले चालु आर्थिक वर्षको ४ महिनाको अबधिमा १ सय २० जना युवतीहरुको उद्धार गरिएको जनाएको हो ।


चालु आर्थिक वर्ष २०७८/०७९को ४ महिने अवधिमा शान्ति पुन:स्थापना गृहले १ सय २० युवतीहरूको उद्धार गरी समाजमा पुन:स्थापना तथा परिवारमा पुनर्मिलन गराई सुरक्षित आवासको समेत व्यवस्था गरिएको शान्ति पुनस्र्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले जानकारी दिइन्।



उनका अनुसार चालु आर्थिक वर्षमै ८ वटा मुद्दा दर्ता भएकोमा ३ वटा मानव बेचबिखन र ४ वटा जबरजस्ती करणीका मुद्दा रहेको छन् । धेरैजसो मुद्दाहरू विवाह तथा प्रलोभनमा पारेर लगिने र कतिपय युवतीहरूलाई आफू कहाँ जान लागेको समेत थाहा नहुने गरेको उनले बताइन् ।
त्यस्तै गत आ ब २०७७/०७८ मा ५ हजार ८ सय ५२ जना युवती मध्ये २ सय ५३ जनाको उद्धार गरिएको छ । गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा जम्मा ३० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा मानव बेचबिखनका मुद्दा रहेको मा ११ वटा मुद्दा दर्ता भएको जोशीले बताइन् ।
शान्ति पुनस्र्थापना गृहले विगत ११ वर्ष देखि कैलात्रिनगर भन्सार गौरीफन्टा नाकाबाट लीको त्रिनगर नाका र टिकापुरको खक्रौला नाकामा रहेर काम गरिरहेको छ । सो पुन:स्थापना गृहले २ हजार २ सय ६४ जनालाई सूचना तथा परामर्श सेवा समेत दिएको जनाएको छ ।



