जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुग्यो




बैतडी, २१ मंसिर- बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परि गम्भीर घाईते भएकी पाटन नगरपालिका वडा नं.१ सकारकी ४० बर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो ।



उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारको लागि डडेल्धुरा रेफर गर्ने तयारी हुँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । यसअघि दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


त्यस्तै दुर्घटनामा परि अन्य ५ जना घाईते रहेका छन् । घाइतेमध्ये पाटन नगरपालिका १ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले बताएको छ । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरापलिका वडा नं.१ सकार थलीमा सोमबार साँझ दुर्घटनामा परेको थियो ।



