कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

Dadeldhura hospital

अत्तरिया, २१ मंसिर- कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ। जिल्लाको जानकी गाउँपालिका ४ मा से१त ५९४४ नम्बरको ट्याक्टरबाट खसेर टीकापुर नगरपालिका वडा नं. २ का २२ वर्षीया अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर नगरपालिका वडा नं. २ कै २४ वर्षीया दिनेश चौधरीले चलाएको सो ट्र्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको हो। चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ।

Loading...