बडुवाल हत्या प्रकरण : हत्यामा संलग्न २१ जनालाई जन्म कैद माग

अत्तरिया, २० मंसिर– कैलालीको टीकापुर नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न २१ जनालाई जन्म कैद माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको छ। हत्यामा संलग्न नवीन, धीरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्म कैद माग गरिएको कैलाली प्रहरीले जनाएको छ।

उनीहरुलाई बाँचुन्जेल कैद हुनुपर्ने प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। यस्तै लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम जन्म कैद माग गरिएको छ। लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सो सरह जन्म कैद सजाय हुनुपर्ने माग प्रहरीले गरेको छ। यस्तै प्रतिवादीबाट जाहेरवालालाई क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

२०७८ कात्तिक २३ गते राति ८ : ५२ बजे टीकापुरको सिद्धार्थ होटल नजिकै कौशी देवी विष्टको घरको आँगनमा भूपेन्द्रको हत्या भएको थियो। धारिलो हतियार प्रहार गरी उनको भएको थियो। धारिलो हतियार प्रहारपछि तत्काल उपचारका लागि प्रहरीले टीकापुर अस्पताल लगेको थियो। तर उनको त्यहीँ मृत्यु भएको थियो। हत्यामा २१ जना संलग्न रहेकोमा हालसम्म १२ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, त्यही ठाउँका २० वर्षीय धीरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नं १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय दिपक र गोलु भन्ने निशान्त मल्ल, वडा नं ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका १ का २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर नगरपालिका ७ का २१ वर्षीय रोहित आले, २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ झगढपुरका २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदानाका २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परिसकेका छन्।

९ जना अझै फरार रहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। फरार हुनेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २७ वर्षीय नवीन रावल, त्यही ठाउँका २६ वर्षीय अनुज भन्ने चिरञ्जीवीजंग शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका ६ जगतपुरका २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका का २७ वर्षीय विकास शेरचन, लम्की चुहा नगरपालिका ४ का २४ वर्षीय रोशन बहादुर शाही, टीकापुर–६ का ३५ वर्षीय अशोक रावल, लम्की चुहा ३ का ३२ वर्षीय लोकजंग शाही र बर्दिया गरुवा गाउँपालिका–५ का २२ वर्षीय हेमन्त शाही फरार छन्।

Loading...