कृष्णपुर नपा २ को वाणिमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु

कञ्चनपुर- जिल्लाको कृष्णपुर नगरपालिका वडा नं २ वाणिमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । वडा सदस्य काशीराम जोशीले शुक्रवार रिवान काटेर कार्यक्रम सुरुवात गरेका हुन् ।

Dadeldhura hospital

नगरपालिकाकामा पहिलो पटक माघ ४ गतेवाट सुरु भएपनि वडा नं २ मा भने ढिलो गरि सुरु भएको वडा सदस्य जोशीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वडाका भित्रि बाटाहरुको मर्मत सम्भार गरिने जोशीले बताए । यसका लागि वडाले ५ ओटा सडकहरु छनौट गरेको ति पाँच ओटै सडकहरुको मर्मत सम्भार गरिने कार्यक्रम रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

यसका लागि वडावाट छनौटमा परेका बिपन्न, गरिब, बेरोजगार गरी ५८ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको वडा सदस्य जोशीले बताए । छनौटमा परेका ५८ जनाले दैनिक ५ सय १७ रुपैयाका दरले एक सय दिनको रोजगारी पाएका छन् ।

Loading...