कांग्रेस अधिवेशन : सुदूरपश्चिममा सहमतिमै नेतृत्व छान्न देउवा–पौडेल पक्ष छलफलमा

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिदेखि कार्यसमितिसम्म नै सहमति गर्नेबारे पार्टीका नेताहरूले छलफल गरेका छन्।

मनोनयन दर्ता गर्ने तालिका रोकेर प्रदेशका शीर्ष नेताहरु सहमतिका लागि जुटेका हुन्। बुधबारबाट सुरु भएको प्रदेश अधिवेशनअन्तर्गत आज बिहान ८ देखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। ‘सहमति गर्न भनेर २ बजेसम्म मनोनयन दर्ता गर्ने समय सरेको छ,’ प्रचारप्रसार समितिका संयोजक नृप सुनारले भने।

Navadurga sun

सहमति नभए आजै २ देखि ४ सम्म मनोनयन दर्ता हुने उनले बताए। बेलुका साढे ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ। सुदूरपश्चिममा सभापति शेरबहादुर देउवा पक्षबाटै ६ जना प्रदेश सभापतिका आकांक्षी छन्। संस्थापन इतर पक्षले भने उम्मेदवारी घोषणा गरेको छैन। तर नारायणदत्त मिश्रको नाम चर्चामा छ। कैलालीका जिल्ला सभापति नरनारायण शाह ‘मनु’ र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। रावलले गएको प्रदेशसभा निर्वाचनमा कैलाली २ (ख) बाट टिकट पाएका थिए।

त्यसअघि वडा अध्यक्षमा हारेका उनी प्रदेश सभा सदस्य पदमा पनि पराजित भएका थिए। बझाङका अर्जुनजंगबहादुर सिंहले पनि प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। सिंह कोरियाका पूर्वराजदूत पनि हुन्। साथै उनी पूर्वपरराष्ट्र राज्य मन्त्री पनि हुन्। अछामबाट पूर्वसञ्चार राज्यमन्त्री गोबिन्द शाहले पनि प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

नेविसंघ नेता पुष्पकुमार शाही र कांग्रेस सुदूरपश्चिम संसदीय दलका सचेतक तथा प्रदेश सभाका सांसद गोविन्द बोहराले डडेल्धुराबाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य तथा कानुन मन्त्री दिलेन्द्र बडुको संयोजकत्वमा यहाँ प्रदेश अधिवेशन भइरहेको छ।

मन्त्री बडुकै नेतृत्वमा सहमतिको प्रयास भइरहेको छ। उनी संस्थापनइतर पक्षका मानिन्छन्। संस्थापन पक्षले बीरबहादुर बलायरलाई प्रदेश सभापतिका रुपमा प्रस्ताव गरेका छन्। मन्त्री बडुले सबैलाई समेट्ने गरी प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्न छलफल गरेका छन्। देउवा र पौडेल पक्षका नेताहरू छलफल गरेका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...