गोपाल गुरुङ द्वारा संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार

अत्तरिया : धनगढीमा जारी कांग्रेसको प्रदेश अधिवेशनमा सभापति पदका आकांक्षी थपिदै गएका छ्न । केन्द्रीय सदस्य एनपी साउदका क्लासमेट गोपाल गुरुङले अर्का केन्द्रीय सदस्य तथा कानुन मन्त्री दिलेन्द्र बडुको समर्थनमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘म उम्मेदवारी दिन जादैछु । बडु जी, बद्री पाण्डे, भरत खड्का लगायतका पुराना साथीहरूको साथ पाएको छु,’ उनले भने । धनगढीमा जारी प्रदेश अधिवेशनमा संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर ५ जना नेताहरुले यसअघि नै सभापति पदमा दाबी गर्दै प्रचार थालिसकेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कैलालीका नरनारायण शाह, हिमबहादुर रावल, बझाङका अर्जुन जंग बहादुर सिंह, डोटीका पुष्प शाही र अछामका गोबिन्द शाहले उम्मेदवारी घोषणा गरेका हुन् । पाँचै जना सस्थापन पक्षधर भएपछि पुर्व मन्त्री वीरबहादुर बलाएरको नाममा सर्वसम्मतको प्रयास पनि थालिएको छ ।

‘सर्वसम्मतको सम्भावना प्रबल छ,’ एक प्रतिनिधिले भने, ‘त्यसका लागि ८ बजे तोकिएको उम्मेदवारी मनोनयनको समय बढाएर २ बजे बनाइएको छ ।’ संस्थापनको गतिविधि अध्ययन गरिरहेको इतर समुहले बिहीवार साँझ मात्र गुरुङलाई सभापतिमा अगाडी सार्ने निर्णय गरेको थियो । गुरुङ कांग्रेस कंचनपुरका पुराना नेता हुन् ।

स्कुले जीवनदेखि एनपी साउदका क्लासमेट रहेका गुरुङले लखनउ विश्वविद्यालयबाट इतिहासमा डिग्री गरेका छन् । सांस्कृतिक संघको केन्द्रीय उपाध्यक्ष समेत रहिसकेका गुरुङले आफू सभापतिमा बिजयी भएमा कांग्रेसको संगठनलाई जिवन्त बनाउने र बढ्दै गरेका बिकृती अन्त गरि कांग्रेसमा सादगी पन भित्र्याउने बताए ।

Loading...