सानीमा लाइफ इन्स्योरेन्सले बिमा रकम हस्तान्तरण गर्याे

अत्तरिया, १६ मंसिर- कैलाली जिल्लाको गोदावरी ननगरपालिका वडा नं. ४ बसन्तपुर निवासी प्रतिभा सामुदायिक पुस्तकालयका आजीवन सदस्य एवम् दानदाता स्व. कमल सिंह खड्का दिवंगत हुनु भएको आज ४५ औं दिनको पुण्य तिथिमा सानीमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा रकम हस्तान्तरण गरेको छ । स्व.कमलसिंह खड्काले उक्त कम्पनी लिमिटेडमा २०७६ असार १० गतेका दिन ५ लाख रुपैयाको सानीमा शुभलक्ष्मी पोलीसी नामक बिमा गराएका थिए ।

Ganyapdhura gau
Dadhaldhura pur

उक्त कम्पनीको तर्फबाट प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियामा बिहिबार संक्षिप्त रुपमा बिमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । सानीमा लाईफ इन्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख गणेशराज उप्रेतीले स्व. कमलसिंह खड्काकी श्रीमती एवम् प्रतिभा सामुदायिक पुस्तकालयकी वर्तमान कार्य समिति सदस्य धर्मी खड्कालाई बिमा वाफतको रकम १० लाख २० हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।

Navadurga sun

त्यस्तै बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नं ४ का माननीय सभासद एवम् पूर्व मन्त्री कृष्णराज सुवेदी रहेका थिए । अन्य आमन्त्रित महानुभावहरुमा अत्तरिया खानेपानी संस्थाका अध्यक्ष टिका दत्त जोशी, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, गोदावरी नगरपालिका वडा नं. २ तेघरी निवासी पूर्व प्रधानपञ्च खडकराज जोशी, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लीलाधर बास्कोटा, अत्तरिया खानेपानी संस्थाका कार्यलय प्रमुख कुलानन्द पनेरु, अत्तरिया खानेपानी संस्थाका कर्मचारी यादवराज फुलारा, स्थानीय समाजसेवी दीपकराज भट्ट, दुर्गालक्ष्मी नमूना माविका पुस्तकालय प्रमुख देवबहादुर खड्का, अत्तरिया स्थित खप्तड सप्लायर्सकी सञ्चालिका चन्द्रा रिजाल लगायतको सहभागिता रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रमको सञ्चालन सानीमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अत्तरिया शाखा प्रमुख कणर्बहादुर ऐरले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...