धनगढी उपमहानगर माओवादी केन्द्रको अध्यक्षमा खाती निर्वाचित

Dadeldhura hospital

धनगढी, १६ मंसिर– नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका समितिको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् । खातीले आशिष बम र मुरारी अधिकारीलाई पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित खातीले ३५ मत पाउँदा बमले १२ र अधिकारीले २४ मत पाए ।

नगर समितिको उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दीपक रावल निर्वाचित भएका छन् । खत्रीले ४६, राना र रावलले ४१ पाए । सचिवमा रमेशप्रसाद भट्टराई, सहसचिव सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा निर्वाचित भएका छन् । माओवादी केन्द्रले पालिका अधिवेशनबाट धनगढी उपमहानगरपालिकामा ७१ सदस्यीय नगर समिति चयन गरेको छ ।

Loading...