पच्चीस किलो चरेससहित महिला पक्राउ
बझाङ, १५ मंसिर- प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।
सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। (रासस)