अछाम बस दुर्घटना : २ को मृत्यु, ३६ जना घाईते

अत्तरिया, १४ मंसिर– अछाममा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका इन्सपेक्टर राजेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको मगलसैन नगरपालिका–१४ का ५७ बर्षीय टंक बहादुर भण्डारी र मगलसैन नगरपालिका–१ का २१ बर्षीय एकेन्द्र थापा छन् ।
मंगलबार दिउँसो धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मगसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । बस सडक भन्दा १० मिटर तले खसेको थियो । बसमा ३८ जना सवार मध्ये दुई जनाको मृत्यु भएको हो भने ३६ जना घाईते भएका हुन। घाईतेका स्थानीय अस्पतलामा उपचार भईरहेको छ ।