कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते

धनगढी, १३ मंसिर- कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । सोमबार कैलालीको लम्कीचुहा १० चुहामा बा.१६च ४०५५ नम्बरको कार र से १ प ८०८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन् ।

Bhancha ghar0

मोटरसाइकल चालक गुरुप्रसाद चौधरी र कारमा सवार सुनिल सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीलाई कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ भने कारमा सवार सार्कीको सुख्खडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र कार चालक फरार रहेको प्रहरीले बताएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.