धनगढीमा अव्यवस्थित रुपमा पार्किङ गरिएका गाडीमा प्रहरीको ‘ह्विल लक’

धनगढी, १३ मंसिर– धनगढीमा अव्यवस्थित रुपमा पार्किङ गरिएका गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाउने अभियान सुरु गरेको छ । सडक अवरुद्ध हुने गरी जथाभावी पार्किङक गरिएका तथा निषेधित स्थानमा पार्क गरिएका सवारीसाधनमा ‘ह्विल लक’ लगाइने जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।

Bhancha ghar0

अव्यवस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

उनका अनुसार सोमबार पहिलो दिन धनगढीको मुख्य सडकामा राखिएका सवारी साधनमा लक लगाईएको जनाएको छ । अबदेखि नो पार्किङमा रहेका सवारी साधनमा तुरुन्त ह्विल लक लगाउने र कारबाही गर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.