माओबादी केन्द्र धनगढी नगर कमिटिको सचिवमा रमेश भट्टराई निर्विरोध
धनगढी, १३ मंसिर– नेकपा माओबादी केन्द्रको धनगढी नगरकमिट सचिवमा युवा नेता रमेश भट्टराई निर्विरोध चयन भएका छन् । शनिबार देखी भएको माओबादी केन्द्रको पालिका अधिवेसन अन्तरगत धनगढी नगर सचिवमा भट्टराई सर्वसम्मत सचयन भएका माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य रमेश धामीले बताए ।
यसैगरी कोषाध्यक्षमा पनि सुर्य शर्मा निर्विरोध चयन भएका उनले बताए । धामीका अनुसार नगरकमिटि अध्यक्ष, उपाध्यक्ष र सहसचिवका लागि भने सर्व सम्मतको प्रयास भइरहेको छ । सो पदमा धेरै व्यक्तिले आकांक्षा राखेपछि सर्वसम्मतकिो प्रयास जारि रहेको उनले बताए । नगर कमिटि अध्यक्ष, उपाध्यक्ष र सह–सचिव छनौटका लागि १६ गते सम्म समय तोकिएको उनले बताए ।
‘धनगढी–उपमहानगरपालिकामा ७२ सदस्यीय कमिटि निर्माण गनुपर्ने छ, उनले भने,‘अध्यक्ष, उपाध्यक्ष र सह–सचिव बाहेक अन्य पदाधिकारी र सदस्य छनौटको टुङ्गो लागिसकेको छ ।’