न्यायिक समिति कार्य सम्पादन सहयोग श्रोत पुष्तिकाको मन्त्री खड्का द्वारा विमोचन

धनगढी, १२ मंसिर– न्यायिक समिति कार्य सम्पादन सहयोग श्रोत पुष्तिकाको विमोचन गरिएको छ । कानुन सहयोग तथा परामर्स केन्द्र (ल्याक) युएन वुमन नेपालको आर्थिक सयोगमा तयार पारेको पुष्तिकको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्काले आईतबार धनगढीमा विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा मन्त्री खड्काले यस पुष्तिकाले स्थानीय तहमा रहेको न्याय समितिलाई न्याय सम्पादनमा थप सहयोग पुग्ने अपेक्षा गरे । न्याय समितिले गर्दा न्यायमा पुग्न नसकेकाहरु पहुँचमा आएको भन्दै अझ श–शक्त बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम गर्न आवश्क रहेको औल्याए ।

Bhancha ghar0

कार्यक्रममा दलित अधिकार मञ्च कैलालीकी अध्यक्ष सावित्रा घिमिरेले विभिन्न संघ संस्थाले वेला–वेलामा हुने कार्यक्रमले स्थानीय सरकारलाई सहयोग पुगेको बताईन् । ‘वेला–बेलामा हुने तालिम, अन्र्तक्रिया, घोष्ठीले स्थानीय तहमा रहेका न्यायक समितिलाई काममा सहजता ल्याएको छ’, उनले भनिन् । ‘लैलिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर श्रोत पुष्तिका विमोचना भएपछि अझ बलियो बनाउने छ ।’ कार्यक्रममा ल्याकका अध्यक्ष अनिता न्यौपाने थपलियाले पुष्तकले स्थानीय सरकारमा भएको न्यायिक समितिले न्यायको पहुँचमा नपुगेकोहरुलाई न्यायमा पुगाउने बताईन् ।

श्रोत पुष्तिकाले न्याय समितिहरुलाई काममा सहजता ल्याउने बताईन् । ‘घरबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ महिला हिसां विरुद्धको १६ दिने अभियान सञ्चालन भईरहेको छ । कार्यक्रम ल्याकको एमई अफिसर रक्षा रिसालले सञ्चालन गरेकी हुन् । दुई दिने तालिम सुरु धनगढीमा न्यायक समितिका लागि क्षमता अभिवृद्धि पुनः ताजकीय तालिम सुरु भएको छ ।

युएन युमनको आर्थिक सहयोगमा ल्याक नेपाल, भिसीडीसी सर्लाही, डीब्ल्युआरएफ नेपाल धनगढी र इडीसी नेपाल डोटीको आयोजनामो सुरु भएको हो । तालिममा अनिता न्यौपाने थपलिया, रक्षा रिसाल र पुष्पविक्रम शाहीले सहजीकरण गरीरहेका छन् । आईतबार देखि सुरु भएको तालिम सोमबार सम्पन्न हुने छ ।

तालिममा स्थानीय तहमा रहेका न्यायक समितिका संयोजक, उपसंयोजक, सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रममा दलित महिला नेटवर्क को महिलाको न्यायमा पहुँच परियोजनाको संयोजक रोहित विकको समेत सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.