बेलौरीमा मोटरसाईकल चोरी गर्ने समूहका फरार मुख्य योजनाकार पक्राउ

कञ्चनपुर, १२ मंसिर- कञ्चनपुरको बेलौरीको डि.डी अटोमोवाईल्स सोरुमबाट मोटरसाईकल चोरी गरि फरार रहेका मध्य १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्साहका २४ बर्षका शैलु भन्ने शौरभ बहादुर सिंह रहेका छन् ।

उनलाई प्रहरीले लालझाडी गाउँपालिका वडा नं. ६ चान्देवबाट पक्राउ गरेको हो । जिल्लाको बेलौरी नगरपालिका वडा नं. ४ बेलौरी बजार बस्ने दिपेन्द्र विष्टको जाहेरीका आधारमा पक्राउ गरेको हो । सिंह सहित ४ जना फरार रहेका थिए । अन्य ३ जनाको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

चोरी गर्ने समूहका ४ जनालाई भने यस अघि पक्राउ गरि अदालतमा पेश गरिएको थियो । कार्तिक ७ गते कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ बेलौरीको माथिल्लो बजार डि.डी अटोमोवाईल्स सोरुमबाट सटरको ताला र सिसाको ढोका फोडेर ३ वटा बजाज कम्पनिका पल्सर मोटरसाईकल चोरी भएका थिए ।

चोरी समूहका नरी विष्ट भन्ने नरेन्द्र जोशी, सतिश बोहरा र भुवन ऐर अझै फरार रहेका छन् । उनीहरुको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

शौरभबहादुर सिंह विरुद्ध २०७४ पुस २२ गते ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता भएको, ईलाका प्रहरी कार्यालय झलारीम २०७५ कार्तिक १३ गते चोरी मुद्दा, सोही महिनाको १७ गते चोरी मुद्दा, २०७४ साउन १० गते बेलौरीमा चोरी मुद्दा, जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७४ साउन १० गते चोरी मुद्दा र त्रिभुवनबस्तीमा समेत २०७८ कार्तिक १४ गते लागुऔषध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...