पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

अत्तरिया, ११ मंसिर- नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। गृह जिल्ला डोटीमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

ुअब पार्टीमा युवा जोसको पनि खाँचो छ। लामो समय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेकाले अब पार्टीको मूल नेतृत्वमा आएरै जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले मैले उम्मेदवारी घोषणा गरेको हुँ, उनले भने। उनले सधै आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन्। कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधै आफू त्यसको पक्षमा रहने उनले बताए। कांग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म कैलालीमा हुने भएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...