धनगढीमा ५२ क्विन्टल चिनीसहित दुईजना पक्राउ

धनगढी, १० मंसिर– धनगढीमा ५२ क्विन्टल अवैध चिनीसहित २ जना पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय बिशाल गुप्ता र २१ वर्षीय सुरेश मण्डल पक्राउ परेका हुन् ।

Bhancha ghar0

वडा नम्बर २ मा भाडामा लिई संचालन गरेको पसल खानतलासी गर्दा पसल संचालक बिशाल गुप्ता र मण्डलले भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको ५२ क्विन्टल चिनी तौल गर्दै गरेको अवस्थामा फेला पारी बोरा सिलाउने मेसिन तथा डिजिटल तराजुसमेत गरी अवैध ४ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनासहित सामान भन्सार ऐन बमोजिम कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ।

Leave A Reply

Your email address will not be published.