धनगढीमा ५२ क्विन्टल चिनीसहित दुईजना पक्राउ

धनगढी, १० मंसिर– धनगढीमा ५२ क्विन्टल अवैध चिनीसहित २ जना पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय बिशाल गुप्ता र २१ वर्षीय सुरेश मण्डल पक्राउ परेका हुन् ।

वडा नम्बर २ मा भाडामा लिई संचालन गरेको पसल खानतलासी गर्दा पसल संचालक बिशाल गुप्ता र मण्डलले भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको ५२ क्विन्टल चिनी तौल गर्दै गरेको अवस्थामा फेला पारी बोरा सिलाउने मेसिन तथा डिजिटल तराजुसमेत गरी अवैध ४ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनासहित सामान भन्सार ऐन बमोजिम कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...