रिक्त दरबन्दीको विवरण बुझाउन सुदूरपश्चिम प्रदेश सरकारको निर्देशन

धनगढी, ९ मंसिर– सुदूरपश्चिममा लोक सेवा आयोग खोल्नका लागि रिक्त दरबन्दीको विवरण ७ दिनभित्र बुझाउन प्रदेश सरकारले मातहतका मन्त्रालय, विभाग र कार्यालयहरुलाई निर्देशन दिएको छ ।

Bhancha ghar0

सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मातहतका मन्त्रालय र निकायलाई प्रदेश लोक सेवा आयोगले माग गरे अनुसार रिक्त दरबन्दीको विवरण बुझाउन निर्देशन दिएको हो ।

लोक सेवा आयोगले प्रदेश सरकारले स्वीकृत दरबन्दीमा रिक्त कर्मचारीको विवरण माग गरे बमोजिम प्रदेश सरकार मातहतका मन्त्रालय, विभाग र निकायले रिक्त कर्मचारी विवरण मंसिर १३ गतेसम्म पठाइ सक्नुपर्ने छ ।
त्यसपछि लोक सेवा आयोगले रिक्त दरबन्दीमा विज्ञापन खोल्ने बाटो खुल्ने छ ।

Leave A Reply

Your email address will not be published.