ट्रकको ठक्करबाट एक महिलाको मृत्यु पछि ट्रकमा आगजनी, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Bhancha ghar0

धनगढी, ९ मंसिर– कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि लम्कीमा तनाव सृजना भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि तनाव बढेको हो । मृतकको सनाखत भएको छैन ।

स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्नले प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.