धनगढीका मेयर सर्बाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी
अत्तरिया, ८ मंसिर- नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत (३७७) सहित विजयी भएका छन् ।

बुधबार सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा (३०३), डिल्लीराज पन्त (२३५) , गणेश देउवा (२२६), कृष्ण बहादुर महरा (२१०) , नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) विजयी भएका छन् ।
महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा(रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) विजयी भईन । समावेशी, अपांगमधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका हुन् ।