डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु






डडेल्धुरा- डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. १ महरा गाउँकी २२ वर्षीया धना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


बिहीबार रुखमा चढेकी उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



