खुरखुरिया सिचाइ आयोजना बाध भत्किएको १० वर्ष पछि सञ्चालनमा ल्याइँदै

धनगढी, ८ मंसिर– कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं. ४ मा पर्ने खुरखुरीया सिचाइ आयोजना सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना सञ्चालनमा ल्याउने भएको हो ।

गौरिगंगा नदिले धार परिवर्तन गरी बाध भत्काएको १० वर्ष पछि सो आयोजना सञ्चालनमा ल्याउन लागेको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले जानकारी दिए ।

Navadurga sun

बुधवार सिचाइ आयोजनाको भत्किएको बाधको निरीक्षण गर्न मन्त्री सोडारी प्राविधिक टोली सहित सो ठाउँमा पुगेका थिए । टोली सँगै पुगेका जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयका प्रमुख डम्बर धितालले आयोजनाको यही वर्षबाट काम सुरु हुने बताएका छन् ।

उनले भने प्राविधिक काम लगभग सबै सकिएको छ, दुर्त गतिमा काम सुरु हुन्छ । स्थानीय नवीन धामिले भने ‘१० वर्ष सम्म संघ सरकारका मन्त्री बनेका लेखराज भट्ट, वीर बहादुर बलाएर, एनपी साउद, उमेश यादव लगायत मन्त्री निरीक्षण गरेर गए पनि बन्न सकेको थिएन ।’ यस पटक बन्ने भएको छ, खुसी लागेको छ । आयोजना सञ्चालनमा आएपछि ४ नम्बर वडाबासीहरू लाभान्वित हुनेछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...