गोदावरी- ११ र १२ मा माओबादीको वडा अधिवेशन सम्पन्न

अत्तरिया, ८ मंसिर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोदावरी नगरपालिका का वडा नम्बर ११ र १२ को वडा अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिबेशनले वडा नम्बर ११ मा २९ सदस्ययी र वडा नम्बर १२ मा २५ सदस्ययी कमिटी गठन गरेको छ ।
वडा नम्बर ११ को अध्यक्षमा नरदिप धामी, उपाध्यक्षमा कर्ण बहादुर बि क, सचिवमा कित्थि ढोली र सह-सचिव कर्ण बहादुर कोली चयन भएका छन् । त्यस्तै १२ को वडा अध्यक्षमा तालराम बि क, उपाध्यक्षमा लोकबहादुर बिष्ट, कोषाध्यक्षमा बसन्ती अधिकारी र सचिवमा दिपक कुमार खत्री र सह सचिवमा खेमराज ओझा चयन भएका छन् । अधिबेशन ओलानीमा सम्पन्न भएको हो ।