कैलालीको उपसभापतीमा काँग्रेसका युबा नेता लोकराज पाण्डेद्वारा उम्मेदवारी दिने घोषणा

अत्तरिया, ८ मंसिर- नेपाली काँग्रेस युबा नेता लोकराज पाण्डे आगोले काँग्रेस कैलालीको उपसभापतीमा उम्मेदवारी दिने भएका छन । उनले सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन । उनले लेखेका छन – ‘आफु र समाजलाई जिबित राख्नका लागि नेपाली कांग्रेस कैलालीको  उप सभापतीमा मेरो उमेदवारी रहेको जानकरी गराउँदछु ।

Bhancha ghar0

उनले गोदावरी न्युज सँग कुराकानी गर्दै कांग्रेसमा युबाहरुको उपस्थिती सम्मान जनक गराउन आफुले उम्मेदवारी दिने बताए । काँग्रेसलाई संस्थागत , जिबन्त, गतिशिल र  बिधी बिधान अनुसार चल्ने पार्टी बनाउन आफुले उम्मेदवारीको घोषणा गरेको उनको भनाई छ ।

उनि काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का पूर्व सचिब हुन । वडा अधिबेशनमा क्षेत्रिय प्रतिनिधी जितेका पाण्डे केन्द्रिय अधिबेशन प्रतिनिधी भने पराजित भएका छन ।

Leave A Reply

Your email address will not be published.