कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Bhancha ghar0

अत्तरिया, ७ मंसिर– मोटरसाइकलको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ४ राजीपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र०१-००९ प २९०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री धनबहादुर नेपालीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सोमबार करिब ७ः३० बजेको समयमा गौरीगंगा नगरपालिकाका ५५ वर्षीय नेपालीलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । नेपालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.