कैलाली र डडेल्धुरामा फाइजर खोप लगाइँदै

धनगढी, ६ मंसिर– सुदूरपश्चिम प्रदेशमा १२ बर्षदेखि १८ बर्षसम्मका दिर्घरोगी बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन थालिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले उक्त लक्षित उमेर समुहलाई खोप लगाउन सुदूरपश्चिममा कैलाली र डडेल्धुरामा खोप केन्द्र तोकिएको बताए । अन्यत्र जिल्लाबाट समेत त्यहाँ गएर खोप लगाउन सकिने व्यवस्था रहेको जोशीले बताए । उनका अनुसार यहाँ बालबालिकालाई लक्षित गरी पठाएको खोप पहिलो चरणमा दीर्घरोगीलाई प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य सेवा विभागले डडेल्धुरा अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई उक्त खोप हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले जनाएको छ ।

Loading...