लम्कीका बडुवाल हत्या प्रकरणमा फरार रहेका एक जना पक्राउ

अत्तरिया, ६ मंसिर– कैलालीमा चक्कु प्रहार गरेर लम्कीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। फरार रहेका ७ जना मध्ये १९ वर्षीय मदन शाही पक्राउ परेका हुन्। प्रहरीका इन्स्पेक्टरका भाइ रहेका उनी धरानबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

Dadeldhura hospital

उक्त प्रकरणमा पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार छन्। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार किटानी जाहेरीअनुसार फरार रहेका ६ जनाको खोजी भइरहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun

हत्याका योजनाकार भनिएका नविन रावल पनि फरार छन्। कात्तिक २३ गते मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन्। देवकोटा बाहेक पक्राउ परेका अन्य ९ जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ भने देवकोटालाई चक्कु प्रहार गरेको आरोप लागेको छ।

Loading...