माछा र बङ्गुरपालन गरी आत्मनिर्भर

कञ्चनपुर, ५ मंसिर- शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत छन्। विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ। विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र माछापालन व्यवसायलाई अँगाल्दै आएका छन्।

Ganyapdhura gau

दिउँसोपख चौधरी विद्यालयमा काम गर्छन्। विद्यालयमा बिदा भएपछि र विद्यालय सञ्चलन हुनुअघि घरमै बङ्गुर र माछापालनको कार्यमा व्यस्त रहँदै आएका छन्। चौधरीको बङ्गुरफार्ममा ११ वटा बङ्गुर पालिएका छन्।

Navadurga sun

पन्ध्र कठ्ठा जग्गामा रहेको दुई पोखरीमा माछापालन गरिएको छ। माछापालन र बङ्गुरपालनका लागि चौधरीले गाउँको सहकारी र समूहबाट गरी रु छ लाख बढी कर्जा लिएका छन्। बङ्गुरफार्म निर्माण गर्न र बङ्गुरका पाठा खरिद गर्न मात्रै रु पाँच लाख लगानी गरिएको चौधरीले बताए।

Dadhaldhura pur

“माछापालनको कार्य पाँच वर्ष अघिदेखि नै गर्दै आएका हौँ”, चौधरीले भने, बङ्गुरपालन गरेको एक वर्ष पुग्नै लागेको छ।” वर्षमा माछा बिक्री गरेर रु तीन लाख जति आम्दानी हुने गरेको छ । दश महिनाको अवधिमा दुई बङ्गुर बिक्री गरेर चौधरीले रु ४० हजार आम्दानी गरेका छन्।

“बङ्गुरले पाठा दिन सुरु गरेपछि आम्दानी बढ्छ”, उनले भने, “एउटै पाठा रु तीन हजारदेखि चार हजारमा बिक्री हुन्छ। एउटै बङ्गुरले एक बेतमै छ देखि १० वटासम्म पाठा जन्माउने गर्दछ। फार्ममा पालिएका बङ्गुरमध्ये १० वटा पोथी छन्।”पोखरीमा पालिएका माछा गाउँमै रु ३५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ। बङ्गुरका पाठा खरिदका लागि टाढाका व्यापारी फोनमार्फत सम्पर्कमा रहेको चौधरी बताउछन्।

विद्यालयबाट महिनामा चौधरीले रु १० हजार जति तलब थाप्दै आएका छन्। विद्यालयबाहेकको समयमा काम गरेर त्योभन्दा बढी आम्दानी हुने गरेको छ। चौधरी विद्यालय गएको बेला उनकी श्रीमती रुपा चौधरीले बङ्गुर र माछापालनको कार्यमा सहयोग गर्छन्। “माछा बङ्गुरलाई चारो खुवाउनेलगायत कार्य मैले दिउँसोको समयमा गर्छु”, रुपाले भनिन्, “त्यसपछिको काम श्रीमान्ले हेर्दै आएका छन्। विद्यालयकै मुख ताकेर बसेको भए अतिरिक्त आम्दानी हुँदैनथ्यो।” चार जनाको परिवारको खर्च सहजरूपमा चलेको उनी बताउँछन्।

श्रीमान्ले खोलेको बङ्गुरफार्म र माछापालनसँगै रुपाले घरमा रहेको १० कठ्ठा जग्गामा तरकारी खेतीसमेत गर्छन्। तरकारी खेतीको कमाइबाट आउने रकम चौधरी दम्पती सहकारी र बैंकमा बचत गर्दै आएका छन्। तरकारी खेतीबाट वर्षमा रु दुई लाख जति आम्दानी हुने गरेको छ।बेलडाँडी गाउँका अन्य युवासमेत तरकारी खेती, बङ्गुर, कुखुरा र माछापालनको काममा संलग्न छन्।पहिला धेरै युवा रोजगारीका लागि निर्माण श्रमिकका रूपमा काम गर्न भारततर्फ जाने गरेका थिए।

हाल गाउँमै व्यावसायिक काम गर्न थालेपछि भारततर्फ जाने युवाको सङ्ख्या पातलिँदै जान थालेको प्रगति महिला सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउद बताउछन्। “गाउँमै युवाहरू काम गरी स्वरोजगार भएका छन्”, उनले भने, “युवाका हौसला बढाउनका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरी सहयोग गर्नुपर्छ।” युवा बङ्गुर, माछापालन र कुखुरापालनमा संलग्न छन् भने महिला व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर भएको उनको भनाइ छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...