डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर
डडेल्धुरा, ५ मंसिर– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ । मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने ।
घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ । घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।