धनगढीमा प्रदेश पत्रकार महासंघको निर्वाचन कार्यालय स्थापना

आज बिहान ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता

धनगढी- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा निर्वाचन समितिको कार्यालय स्थापना गरेको छ। महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते हुने निर्वाचनका लागि धनगढीको होटल शुभममा कार्यालय स्थापना गरिएको महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले जानकारी दिए ।

पत्रकार चित्राङ्क थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ । समितिमा अधिवक्ता सिद्धराज भट्ट र पुष्पबिक्रम शाही सदस्य छन् ।

Navadurga sun

उनकाअनुसार बिहीबार बिहान ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । यस्तै प्रदेशका ९ वटै जिल्लामा पनि निर्वाचन समिति घोषणा गरेको महासंघले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...