कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालय सम्मानित
अत्तरिया, ४ मंसिर– कैलालीको स्थायी राजधानी अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालय सम्मानित भएको छ । अपांगता भएका बालबालीकाहरुलाई आवास सहित शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालय ‘केशावती मास्के अपांगता उत्कृष्ट सेवा पुरस्कार २०७४’ बाट सम्मानित भएको हो ।
अपांगता क्षेत्रमा लामो समय देखि काम गर्दै आईरहेको नेपाल दृष्टिविहिन कल्याण संघले शनिबार टिकापुरमा एक अनौपचारीक कार्यक्रमका बिच विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई सम्मान पत्र प्रदान गरेको छ ।
अपांगता भएका बालबालीकाहरुको लागी गुणस्तरिय शिक्षा प्रदान गर्न स्थानिय क्षेत्रमा एकदमै राम्रो सेवा पुर्याएको भन्दै विद्यालयलाई नगद २५ हजार रकम सहित सम्मानित गरिएको साउँदले बताए । सम्मान पत्रले आगामी दिनहरुमा पनि अपांगता भएका बालबालीकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने बताए ।