अनुदानमा किसानलाई कृष्णपुर नगरपालिकाद्वारा च्याउको विउ वितरण

अत्तरिया, ४ मंसिर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरका किसानहरुलाई अनुदानमा च्याउको विउ वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम अनुसार आर्थिक अवस्था कमजोर भएका किसानलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कन्ये च्याउको बिउ वितरण गरेको हो ।

शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख कणर् बहादुर हमालले किसानहरुलाई च्याउको बिउ वितरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख हमालले नगरका कृषकहरुलाई व्यवसायीक रुपमा कृषिमा उन्मुख गर्न नगरपालिकाले विउ वितरण गरेको बताए । उनले कृषिमा व्यवसायीकरण, आधुनिकिकरण र यान्त्रिकरणको विकाश गर्न, किसानलाई आर्थिक समृद्धिको पहुँचमा पुर्‍याउन र कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर गर्न नगरपालिकाको विभिन्न कृषिका कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । लक्षित वर्गको आर्थिक समृद्धिका लागी सतप्रतिशत अनुदान मार्फत कृषिका बिउविजन, कृषि सामग्रीहरु समेत नगरपालिकाले उपलब्ध गराउदै आएको उनले बताए ।

‘नगरमा असोज ३१ गतेदेखी कार्तिक २ गतेसम्म परेको बेमौषमी अविरल वर्षाले कृषि क्षेत्रमा ठुलो क्षती पुर्‍याएको छ, किसानहरुले ठुलो नोक्सानी बेहोर्नुपरेको छ’ उनले भने, ‘त्यो पिडालाई न्युन गर्न, त्यस्ता पिडित किसानहरुको त्यो क्षतीको पुर्ति गर्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका विउहरु वितरण गरिरहेको हो ।’ छोटो समयमा थोरै लगानीमा धेरै फाईदा हुने गरी व्यवसायीक रुपमा कन्ये च्याउ खेतीमा उन्मुख गराई किसानहरुको आर्थिक स्तरोन्नती गर्न पनि नगरपालिकाले विउ वितरण गरिरहको उनले बताए ।

Bhancha ghar0

त्यसैगरी नगरपालिकाले गहुँको विउ समेत वितरण गरिरहेको उनले बताए । बेमौषमी वर्षाले मारमा परेका किसानहरुलाई गहुँ उत्पादनमा सहजता होस भन्ने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा नै गहुँको विउ समेत नगरपालिकाले वितरण गर्न थालेको नगर प्रमुख हमालले बताए।
कार्यक्रममा बोल्दै उपप्रमुख रमिता रानाले नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा विभिन्न किसिमका विउविजनहरु निःशुल्क र ५० प्रतिशत अनुदानमा वितरण गर्दै आईरहेको बताईन । विपन्न किसानहरुले सहुलियत रुपमा विउविजन पाउन र गुणस्तरिय उत्पादन गरी आफ्नो आर्थिक स्तर अभिवृद्धि गरुन भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न किसिमका कृषि विउविजनहरु वितरण गर्ने गरेको उनले बताईन । नगरपालिकाबाट लगेको विउको राम्रो उत्पादन गर्न पनि उनले किसानहरुलाई आग्रह गरिन ।

त्यस्तै कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर धामीले जग्गा जमिन थोरै भएका र आयआर्जनको अन्य विकल्प नभएका किसानहरुलाई नगरपालिकाले कन्ये च्याउको विउ वितरण गरिरहेको बताए ।

उनले किसानलाई आयआर्जनको मुल प्रवाहमा जोड्न थोरै लगानीमा बढी उत्पादन गर्न सकिने च्याउ खेतीका लागी विउ वितरण गरिएको बताए । च्याउको प्रयोगले मानव जातीको पोषणमा पनि सुधार आउने र घरमा नै बसेर राम्रो आयआर्जन गर्न सकिने भएकाले नगरपालिकाले च्याउको विउलाई प्रमुख प्राथमिकतामा राखेर विउ वितरण गरेको बताए ।

उनले च्याउको बजार पनि भएकाले किसानहरुको आयस्रोतको साधन च्याउ बन्न सक्ने धारणा व्यक्त गदै जग्गाजमिन थोरै भएकाहरुले समेत आयआर्जनको अन्य स्रोत नभएका जुनसुकै किसानले पनि च्याउको विउ अनुदानमा लगेर आफ्नो आयआर्जन गर्न समेत टेवा पुग्ने उनले बताए। नगरले ३ लाखको कन्ये च्याउको विउ वितरण गर्ने भएको हो । जसमा १ लाख ५० हजार नगरपालिकाको र बाँकी किसानको रहने कृषि शाखा प्रमुख धामीले बताए । कार्यक्रमको सञ्चालन कृषि शाखाका कर्मचारी गणेश ओझाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.