प्रेस सेन्टर कैलालीको अध्यक्षमा : भट्ट
अत्तरिया, ३ मंसिर– प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट चयन भएका छन् । भट्टको अध्यक्षतामा सर्बसम्मत समिति चयन भएको हो ।

शुक्रबार धनगढीमा भएको भेलाले उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिवमा मंगल बास्कोटी, सह–सचिव जनार्दन उपाध्याय र टिआर कठरिया र कोषाध्यक्ष राम दहित चयन भएका छन् ।
समितिको सदस्यमा दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा चयन भएका छन् । भेलाले प्रदेश प्रतिनिधिहरू धनराज विक, घनश्याम पौडेल, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया र कमला चौधरीलाई गरेको छ ।