कैलालीकाे अत्तरियामा रहेकाे पदमा अस्पताल १७ बर्षमा प्रवेश
अत्तरिया, ३ मंसिर– सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल प्रालिले १६ बर्ष पुरा गरी १७ बर्षमा प्रवेश गरेको छ । १६ बर्ष पुरा गरेको अवसरमार अस्पतालले शुक्रबार बार्षिकोत्सव समेत मनाएको छ । १६ बर्ष अगाडि ग्रामिण क्षेत्रका जनतलाई स्वास्थ्य सेवामा पहुँच दिने उदेश्यका साथ उक्त अस्पताल स्थापना भएको थियो ।
बार्षिक उत्सब समारोह कार्यक्रमको आयोजना गरिएको पद्मा अस्पताल प्रालीले जनाएको छ । बार्षिक उत्सवको अवसरमा शुक्रबार आईसीयू र एनआइसियूको समेत सेवा सुरु गर्ने भएको छ । २०६२ सालमा स्थापना भएको पद्मा अस्पताल प्राली अत्तरिया क्षेत्रको मात्रै नभएर अहिले सुदूरपश्चिमका साथ पहाडी जिल्लाका जनताहरुको स्वास्थ्य सेवा लिईरहेका छन ।