छाङ्गरु र टिंकरमा गणना गर्न हिड्यो गणकको टोलि

धनगढी, ३ मंसिर- दार्चुलाको व्यास गाउँपालिकामा पर्ने टिङकर र छाङ्गरुको जनगणना गर्न गणकहरु भरिया लगेर सो स्थानमा गएका छन्। जिल्ला सदरमुकाम दार्चुलाबाट छाङ्गरु र टिंङ्कर जान ४/५ दिन लाग्ने भएपछि गणक हरु खानाको व्यवस्था सहित भरिया लगेर गणना गर्न गएका हुन् । भारतीय भूमी प्रयोग गरेर व्याव जान १ दिन पनि लाग्दैन भने नेपाली भूमी भएर व्यास गाउँपालिका पुग्न ४ देखी ५ दिन लाग्ने गर्दछ। बाटो असहज र पहिरो गएका कारण नेपाली भूमीभएर व्यास जान बढी समय लाग्ने गरेको हो ।

Ganyapdhura gau

गणकले भारतीय भूमी भएर व्यास जान खोज्दा भारतीय सुरक्षा कर्मिले सो बाटो प्रयोगमा अनुमति दिएको छैन । भारतीय भूमीको बाटो प्रयोग गर्न नपाएका कारण व्यासमा खटाइएका दुईजना गणक भरिया लगेर नेपाली भूमी हुँदै सो स्थानका लागि गएका जनगणनाको कार्यालय दार्चुलाले जनाएको छ ।

Navadurga sun
Dadhaldhura pur

‘भारतीय भूमी प्रयोग गर्न पाइएन भनेर गणहरु कार्यालयमा आउनु भयो,’ जिल्ला जनगणना कार्यालय दार्चुलाका सहायक अधिकारी खगेन्द्र कार्कीले भने,‘त्यसपछि उनिहरुलाई नेपालकै बाटो भएर व्यास जान सल्लाह दिइएको हो, सोही अनुसार दुवै जना ४/५ जना भरिया साथमा लगेर पैदल हिडेका छन् ।’उनले टिङ्क र छाङ्गरुङको गणना गर्न ३ देखी ४ दिन लाग्ने बताए ।

व्यास पुग्न गणकलाई ४/५ दिन लाग्न सक्दछ,’ उनले भने, ‘त्यहाँ पुगेर गणना गर्न ३/४ दिन लाग्न सक्दछ, त्यति सम्म पुग्ने रासन पानी गणले सदरमुकामबाटै लगेर गएका छन् ।’ भारतीय प्रशासनले दार्चुलाको छाङ्गरु र टिंकरमा जनगणना गर्न जाने समूहलाई आफ्नो भूमिको प्रयोगमा रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक-गब्र्याङ हुँदै महाकाली नदीको पुल (सीता पुल) तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन कात्तिक २५ गते भारतीय प्रशासनलाई पत्राचार गरेको थियो ।

तर, बुधवार सडक मार्ग अवरुद्ध भएको बहाना गर्दै भारतीय प्रशासनले आफ्नो भूमि प्रयोगमा रोक लगाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएकी थिइन् । भारतीय प्रशासनले सडक मार्ग अवरुद्ध भएको जवाफ पठाएको छ’, उनले भनिन्, ‘भारतीले सडक अवरुद्ध घएको भन्दै पत्र पठाएको छ, अब नेपाली भूमिको प्रयोग गर्दै टिङ्कर र छाङ्गरुङको गणना गर्ने भनेर गणन नेपाल क्षेत्र भित्रमा निर्माण गरिएको पैदल बाटो गएका छन् ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...