Satyawati
Division ban Pahalmanpur

एकीकृत समाजवादीमा सुदूरपश्चिमबाट ७ केन्द्रीय सदस्य

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया, २ मंसिर- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ७ जनाको प्रतिनिधित्व भएको छ । सो पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्नेमा प्रेम आले, निरादेवी जैरु, मदनकुमारी शाह गरिमा, माया भट्ट, पूणर्ा जोशी, भानुभक्त जोशी र उर्वादत्त पन्त छन् ।

Malpot office dadeldhura

नेकपा एमालेबाट संघीय संसदमा प्रतिनिधित्व गरेका धेरैजसो सांसद तत्काल नेकपा एकीकृत समाजवादीमा नजाने भएका छन् । विगतमा माधव समूहमा रहेका नेकपा एमाले उपाध्यक्ष भीम रावलसहित दीपक प्रसाद भट्ट, लक्ष्मी कुमारी चौधरी, झपट रावल, बिना बुढाथोकी लगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा एमालेका १६ जना सांसद छन् । नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ७ जना केन्द्रीय सदस्यमध्ये प्रेम आले र निरादेवी जैरु प्रतिनिधिसभा सदस्य हुन् भने मदन कुमारी शाह गरिमा संविधानसभा सदस्य हुन् । माया भट्ट र पूणर्ा जोशी प्रदेशसभा सदस्य हुन् भने भानुभक्त जोशी पूर्वमन्त्री र उर्वादत्त पन्त पूर्व सांसद हुन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...